• Menu

प्रधानमन्त्रीले भने- एनपिएल नेपाली खेलकुदको उत्सव

नेपाल प्रफिट

२०८३ कात्तिक ९, सोमबार ०८:५४

प्रधानमन्त्रीले भने- एनपिएल नेपाली खेलकुदको उत्सव

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपिएल) केही वर्षमै नेपाली खेलकुदको ठूलो उत्सवका रूपमा स्थापित भएको उल्लेख गरेका छन् ।

आजदेखि सुरु हुन लागेको एनपिएलको तेस्रो संस्करणका अवसरमा उनले सामाजिक सञ्जालमार्फत सफलताको शुभकामना व्यक्त गरे ।

प्रधानमन्त्री शाहले भने, ‘एनपिएलमा सहभागी हुन आउनुभएका सबै अन्तर्राष्ट्रिय खेलाडी तथा ‘कमेन्टेटर’लाई हार्दिक स्वागत गर्दछु । यस सुन्दर खेल उत्सवको सफलताका लागि सम्पूर्ण नेपाली खेलाडी, आयोजक तथा नेपाल क्रिकेट संघ (क्यान) लाई हार्दिक शुभकामना ।’

एनपिएलको उद्घाटन खेल आज साँझ ५:०० बजेदेखि सुरु हुँदैछ । उद्घाटन खेलमा दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स भिड्दैछन् ।