• Menu

प्रधानमन्त्री उद्धार कोषमा ह्याप्पी इनर्जीको २० लाख सहयोग

नेपाल प्रफिट

२०८३ भदौ १९, शुक्रबार १५:३३

प्रधानमन्त्री उद्धार कोषमा ह्याप्पी इनर्जीको २० लाख सहयोग

काठमाडौं । ह्याप्पी इनर्जी लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत उक्त रकम कोषमा हस्तान्तरण गरेको हो ।

शुक्रबार कम्पनीका सञ्चालकहरूले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठलाई २० लाख रुपैयाँको सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

सहयोग रकम ग्रहण गर्दै मन्त्री श्रेष्ठले विपद्को कठिन परिस्थितिमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे । उनले संकटका बेला नेपालीहरू एकजुट भएर एकअर्कालाई सहयोग गर्दै आएको उल्लेख गर्दै अहिले पनि त्यही भावना र सहकार्य आवश्यक रहेको बताए ।

मन्त्री श्रेष्ठले आर्थिक सहयोगसँगै नैतिक, भौतिक तथा प्राविधिक सहयोगको समेत उत्तिकै आवश्यकता रहेको उल्लेख गरे । उनले विपद्को यस कठिन घडीमा ‘जसले जे सक्छ, त्यही सहयोग गर्नु’ नै अहिलेको प्रमुख आवश्यकता भएको बताए ।