• Menu

चीनले नेपाललाई आपत्कालीन जलविज्ञान र हिमतालको सूचना निरन्तर उपलब्ध गराउने

नेपाल प्रफिट

२०८३ भदौ १९, शुक्रबार १५:२७

चीनले नेपाललाई आपत्कालीन जलविज्ञान र हिमतालको सूचना निरन्तर उपलब्ध गराउने

काठमाडौं । चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने जनाएको छ ।

उद्धार तथा विपद् राहत प्रयासका लागि सो सहयोग गर्ने चिनियाँ दूतावासले जनाएको छ । त्यसमा नदीमा बनेका अवरोध तथा हिमतालबाट उत्पन्न जोखिमसम्बन्धी सूचनासमेत समेटिनेछन् ।

चीनको मौसमसम्बन्धी निकायले चीन र नेपालबीचको केरुङ-रसुवा सीमानाकामा भीषण पहिरो गएदेखि नै नेपाललाई मौसम अनुगमन, मौसम पूर्वानुमान, पूर्वचेतावनी तथा प्रभावसम्बन्धी सेवाहरू उपलब्ध गराउँदै आएको जनाएको छ ।

विपद्लगत्तै चिनियाँ प्रशासनले नेपालको मौसम विभागसँग भिडियोमार्फत मौसमसम्बन्धी परामर्श गरेको र नेपालको उद्धार तथा राहत कार्यका लागि मौसमसम्बन्धी सहयोग सक्रिय रूपमा उपलब्ध गराउँदै आएको समेत जनाएको छ ।