• Menu

झापाको भद्रपुरबाट शिशुको डाइपरमा लुकाएर ल्याइएको खैरो हेरोइनसहित चार जना पक्राउ

नेपाल प्रफिट

२०८३ साउन ८, शुक्रबार १२:१९

झापाको भद्रपुरबाट शिशुको डाइपरमा लुकाएर ल्याइएको खैरो हेरोइनसहित चार जना पक्राउ

झापा । शिशुको डाइपरभित्र लुकाएर ल्याइएको खैरो हेरोइनसहित चार जना पक्राउ परेका छन् । उनीहरु बिहीबार साँझ भद्रपुर नगरपालिका-५ स्थित बसपार्क क्षेत्रबाट पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार भारतको किशनगञ्ज जिल्ला वडा नं १२ बस्ने मोहित आलम, उनकी श्रीमती  जेनेतुन खातुन, छोरा सोहेल आलम तथा सोही अटोमा सवार  मोहम्मद तजरुल रहेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेको मे१ह ५०११ नम्बरको अटो शंकास्पद देखिएपछि जाँच गर्दा शिशुले लगाएको डाइपरभित्र राखिएको खैरो हेरोइन फेला परेको हो । बरामद गरिएको खैरो हेरोइनको तौल झन्डै १० ग्राम रहेको छ ।