• Menu

सेयर बजार २४ अंकले घट्यो, सिद्धार्थ बैंकको सबैभन्दा बढी कारोबार

नेपाल प्रफिट

२०८३ असार १६, १६:२६

सेयर बजार २४ अंकले घट्यो, सिद्धार्थ बैंकको सबैभन्दा बढी कारोबार

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २४.६३ अंकले ओरालो लागेर २६०८.३३ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.०४ अंकले ओरालो लागेर ४५२.७९ अंकमा सीमित भएको छ ।

कूल ३६५ कम्पनीको ८७ लाख ३७ हजार ३९२ कित्ता सेयर तीन अर्ब २५ करोड ८७ लाख ५८ हजार १४ मूल्यमा खरिद बिक्री भएको छ । नेप्सेका अनुसार, कारोबारका आधारमा सिद्धार्थ बैंक शीर्ष स्थानमा छ । टक्सार पिखुवा खोला हाइड्रोपावर, आँखु खोला जलविद्युत कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर, याम्बलिङ हाइड्रोपावर शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार स्नो रिभर लिमिटेड, कर्पोरेट डेभलपमेन्ट बैंक, स्वाभिमान लघुवित्त, स्ट्याण्र्डड चार्टड बैंकको डिवेञ्चर र सिर्जनशील लघुवित्तका लगानीकर्ताले कमाएका छन् ।

टक्सार पिखुवा खोला हाइड्रोपावर, याम्बलिङ हाइड्रोपावर, सोपान फर्मासिटिकल्स, श्रीनगर एग्रीटेक र पियोर इनर्जीका लगानीकर्ताले भने गुमाएका छन् ।