
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशीलताको विकास तथा लघु, साना र मझौला उद्यमको प्रवर्धन गर्ने उद्देश्यले ‘ग्लोबल आइएमई उद्यमशाला कार्यक्रम’ सञ्चालन गर्ने घोषणा गरेको छ।
विश्व लघु, साना तथा मझौला व्यवसाय दिवस-२०२६ को अवसरमा आयोजित कार्यक्रममा बैंकले उद्यमशाला कार्यक्रमको औपचारिक घोषणा गर्दै उद्यम विकास तथा व्यवसाय प्रवर्धनका लागि सञ्चालन गरिने उद्यम विकास कार्यक्रमका लागि देशभरका उद्यमी तथा नवीन सोच भएका इच्छुक व्यक्तिहरूबाट आवेदन आह्वान गरेको हो।
बैंकका अनुसार कार्यक्रमको मुख्य उद्देश्य नवीन सोच भएका व्यक्तिहरूलाई सफल उद्यमी बन्न प्रेरित गर्नुका साथै सञ्चालनमा रहेका लघु, साना तथा मझौला व्यवसायलाई दिगो, सक्षम र प्रतिष्ठित बनाउन आवश्यक सैद्धान्तिक तथा व्यवहारिक ज्ञान, सीप र परामर्श उपलब्ध गराउनु हो ।
बैंकको प्रधान कार्यालय कमलादी, काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले उद्यमशाला कार्यक्रमको औपचारिक घोषणा गर्दै कार्यक्रमका लागि आवेदन खुला भएको जानकारी दिए ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal