• Menu
s

११ महिनामै साढे २५ अर्बभन्दा बढीका विद्युतीय गाडी नेपाल भित्रिए

नेपाल प्रफिट

२०८३ असार १०, बुधबार ११:४१

११ महिनामै साढे २५ अर्बभन्दा बढीका विद्युतीय गाडी नेपाल भित्रिए

काठमाडौं । चालु आर्थिक वर्षको  ११ महिनामा २५ अर्ब ५५ करोड ९९ लाख १६ हजार बराबरका १० हजार ८४५ वटा विद्युतीय सवारीसाधन आयात भएका छन् ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ५० किलोवाट क्षमतादेखि २०१ किलोवाट क्षमताका विभिन्न ढाँचाका विद्युतीय सवारीसाधन आयात भएका हुन् ।

उक्त अवधिमा पाँच अर्ब ६५ करोडबराबरका  ५० किलोवाट क्षमताका तीन हजार ६८० वटा  विद्युतीय वाहन आयात भएका छन् । सोही अवधिमा १६ अर्ब ४९ करोड ७९ लाख ४६ हजार बराबरका  ५१ किलोवाटदेखि १०० किलोवाटका छ हजार ३५७ वटा विद्युतीय सवारीसाधन भित्रिएका छन् ।