
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ९९ जना केन्द्रीय सदस्यका लागि चार सयभन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन् । केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार राति अबेरसम्म मनोनयन भइरहेकाले प्रथम चरणको नामावली निकाल्ने तयारी भइरहेको छ ।
‘यकिन संख्या निकाल्दै छौँ, चार सयभन्दा बढीको उम्मेदवारी परेको छ । आजै नामावली प्रकाशन गरिनेछ,’ उनले भने ।
निर्वाचित ९९ जना मध्येबाट पदाधिकारी चयन गरिनेछ । पदाधिकारी चयन भने दोस्रो चरणमा हुनेछ । मतदानका निम्ति विद्युतीय उपकरण प्रयोग गरिनेछ । विदेशमा रहेकाहरूले एपमा मतदान गर्नेछन् । मतदान गर्ने चार हजार हाराहारी प्रतिनिधि छन् ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal