• Menu
s

रास्वपा महाधिवेशनस्थल पुगे बाबुराम, प्रदीप ज्ञवाली र वर्षमान, प्रधानमन्त्री बालेन र रवि आउन बाँकी

नेपाल प्रफिट

२०८३ असार ७, १४:५०

रास्वपा महाधिवेशनस्थल पुगे बाबुराम, प्रदीप ज्ञवाली र वर्षमान, प्रधानमन्त्री बालेन र रवि आउन बाँकी

काठमाडौं । रास्वपाको प्रथम महाधिवेशन चितवनको भरतपुरस्थित हेस्ट हाउस चौरमा सुरू हुँदैछ ।

महाधिवेशनमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेकपा एमालेका नेता प्रदीप ज्ञवाली र नेकपा नेता वर्षमान पुन कार्यक्रस्थलमा पुगिसकेका छन् । रास्वपाले शुभकामना दिन अरू पार्टीका नेतालाई पनि आमन्त्रण गरेको थियो।

कार्यक्रम स्थलमा रास्वपा महामन्त्री कबिन्द्र बुर्लाकोटी, परराष्ट्र मन्त्री शिशिर खनाल, प्रवक्ता मनिष झा लगायत केही नेताहरू भने छन् । महाधिवेशनमा प्रधानमन्त्री बालेन शाह, सभापति रवि लामिछानेलगायत पदाधिकारीहरू आइपुगिसकेका छैनन्।

दिउँसो १ बजे कार्यक्रम उद्घाटन गर्ने भने पनि अहिलेसम्म सुरू हुन सकेको छैन ।

सम्बन्धित समाचार