• Menu
s

अर्थतन्त्रलाई चलायमान बनाउन सरकार सक्रिय रूपमा लागिरहेको छ : अर्थमन्त्री

नेपाल प्रफिट

२०८३ असार ७, १६:२८

अर्थतन्त्रलाई चलायमान बनाउन सरकार सक्रिय रूपमा लागिरहेको छ : अर्थमन्त्री

मकवानपुर । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले अर्थतन्त्र उकास्न र आर्थिक गतिविधिलाई गति दिन सम्पूर्ण ध्यान केन्द्रित गरेको बताएका छन् ।

आइतबार हेटौंडामा नेपाल बैंक लिमिटेडको नवनिर्मित भवन तथा बागमती प्रादेशिक कार्यालयको उद्घाटन गर्दै उनले अर्थतन्त्रलाई चलायमान बनाउन सरकार सक्रिय रूपमा लागिरहेको उल्लेख गरे ।

उनले नेपाल बैंक लिमिटेडले स्थानीयस्तरका सेवाग्राहीलाई लक्षित गरी आर्थिक गतिविधि विस्तारमा थप योगदान पुर्‍याउनुपर्नेमा जोड दिए ।

नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले बैंकमा हाल करिब ७०० अर्ब निक्षेप संकलन भएको जानकारी दिए । उनका अनुसार बैंकले २६० अर्ब कर्जामा तथा अन्य क्षेत्रमा १४० अर्ब लगानी गरेको छ । बैंकका ग्राहक संख्या २७ लाख पुगेको पनि उनले बताए ।

नेपाल सरकारको ५१ प्रतिशत सेयर रहेको नेपाल बैंक लिमिटेडले प्रचलित नीति-नियमअनुसार कारोबार सञ्चालन गरिरहेको उल्लेख गर्दै उनले अत्याधुनिक डिजिटल सेवा विस्तारमा सार्वजनिक खरिद ऐनको जटिल प्रक्रियाले केही अवरोध सिर्जना गरिरहेको बताए ।

सम्बन्धित समाचार