• Menu
s

७२ हजार घुससहित रंगेहात पक्राउ परेका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर

नेपाल प्रफिट

२०८३ असार ५, शुक्रबार १४:५६

७२ हजार घुससहित रंगेहात पक्राउ परेका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवविरुद्ध घुस लिएको अभियोगमा मुद्दा दायर गरेको छ ।

सडक ढलान योजनाको कार्य सम्पन्नपश्चात् भुक्तानी गर्ने प्रयोजनका क्रममा विभिन्न बहाना बनाई दुःख दिई सेवाग्राहीसँग ७२ हजार घुस लिएको अभियोग लागेको छ ।

आयोगको बर्दिबासबाट खटिएको टोलीले प्रमुख प्रशासकीय अधिकृत यादवलाई सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको थियो । आयोगले आरोपी प्रमुख प्रशासकीय अधिकृत यादवविरुद्ध बिगोबमोजिम कैद सजायको समेत माग गरी मुद्दा दायर गरेको छ ।