• Menu
s

झापाको गौरादहमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

नेपाल प्रफिट

२०८३ असार ३, बुधबार १०:११

झापाको गौरादहमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा  । झापाको गौरादहमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईका अनुसार गौरादह नगरपालिका-१ स्थित पाडाजुङ्गीऔगौरीगन्ज भित्री सडकखण्डअन्तर्गत नवदुर्गा पेट्रोलपम्प अगाडि गए राति दुर्घटना भएको हो ।

डिपु चोकबाट पेट्रोलपम्पतर्फ गइरहेको प्रदेश१-०१-००१क ११८८ नम्बरको टिपरले साइकलयात्री गौरादह-४ निवासी ६१ वर्षीय प्रेमप्रसाद गुरागाईँलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका गुरागाईँलाई उपचारका लागि दमक अस्पताल पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । दुर्घटनामा संलग्न टिपरचालक गौरादह नगरपालिका-१ निवासी ३५ वर्षीय उमेश ताजपुरियालाई प्रहरीले नियन्त्रणमा लिएको ट्राफिक प्रहरीले जनाएको छ ।