• Menu
s

ट्राफिक कारबाहीमा एकैदिन १९ लाख ७७ हजार राजस्व संकलन

नेपाल प्रफिट

२०८३ असार ३, बुधबार १०:१४

ट्राफिक कारबाहीमा एकैदिन १९ लाख ७७ हजार राजस्व संकलन
फाइल तस्बिर

काठमाडौं । बितेका २४ घण्टामा दुई हजार ५३५ सवारीचालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा १९ लाख ७७ हजार राजस्व दाखिला भएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको १०१, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १२९,  संकेत बत्ती उल्लंघनकर्ता १०६ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका १३८ जनालाई कारबाही गरिएको हो ।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ८१, निषेधित क्षेत्रमा हर्न बजाउने १४१, सडकपेटीमा सवारीसाधन पार्किङ गर्ने ११७, एकतर्फी सडकमा सवारी चलाउने ११३ र अन्य सवारी नियम पालना नगरेका एक हजार ६०९ जनालाई कारबाही गरिएको हो ।