
दाङ । रोल्पामा बिहीबार बिहान मिनी ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
बल्लेखोलादेखि आलु लिएर पोखरातर्फ जाँदै गरेको मिनी ट्रक गुडिरहेकै अवस्थामा अचानक सडक भाँसिएर दुर्घटना हुँदा सल्यानको बागचौर नगरपालिका-४ दुदिलाबोट निवासी ४७ वर्षीय चन्द्रबहादुर बस्नेतको निधन भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सुनिल थापाले बताए ।
ट्रकका सवारी चालक घाइते भएका छन् । माडी गाउँपालिका-१ पात्लेस्थित बल्ले-झिनुवाभित्री सडकमा रा १ ख ३०४५ नम्बरको उक्त ट्रक दुर्घटना भएको हो । ट्रक सडकबाट झन्डै ३० मिटर तल खसेको थियो ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal