• Menu
s

बिलबिजक बिना काठमाडौं भित्र्याइँदै गरेको ७ लाख मूल्य बराबरको आइफोन प्रहरी नियन्त्रणमा

नेपाल प्रफिट

२०८३ जेठ २८, १३:०६

बिलबिजक बिना काठमाडौं भित्र्याइँदै गरेको ७ लाख मूल्य बराबरको आइफोन प्रहरी नियन्त्रणमा

काठमाडौं । प्रहरीले भन्सार छलेका १४ थान अन्दाजी सात लाख बराबरको आइफोन मोबाइल बरामद गरी त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा दाखिला गरेको छ ।

काठमाडौंको चन्द्रागिरि नगरपालिका-२ नागढुंगास्थित चेक प्वाइन्टमा बुटवलबाट काठमाडौंतर्फ आउँदै गरेको लु२ख ६५६६ नम्बरको यात्रुवाहक बसलाई चेकजाँच गर्ने क्रममा प्रहरी प्रभाग नागढुंगाबाट खटिएका संयुक्त प्रहरी टोलीले कालो झोलामा राखी ल्याइएको बिलबिजक बिनाका उक्त आइफोन मोबाइल बरामद गरिएको प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।