• Menu
s

गैरकानुनी रूपमा महिला विदेश पठाउने ६ जना पक्राउ

नेपाल प्रफिट

२०८३ जेठ २२, शुक्रबार १४:३५

गैरकानुनी रूपमा महिला विदेश पठाउने ६ जना पक्राउ

काठमाडौं । गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको आरोपमा ६ जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता शरत्कुमार थापाक्षेत्रीका अनुसार संखुवासभा धर्मदेवी नगरपालिका-९ का आशिष भनिने केदारबहादुर खड्का, सिन्धुपाल्चोक बाह्रविसे-४ का ईश्वर न्यौपाने, गुल्मी दरबार-२ का रामबहादुर क्षेत्री र सप्तरी कृष्ण सव्राम-२ का प्रकाश साहलाई पक्राउ गरिएको हो ।

यसैगरी मोरङको सुन्दरहरैँचा नगरपालिका-४ का कुमार उराउ तथा खोटाङको जन्तेढुंगा गाउँपालिका-३ का पशुपति राईलाई पक्राउ गरिएको हो । उनीहरु सबैलाई गत बुधबार र हिजो पक्राउ गरिएको हो । अभियुक्तहरुबाट नगद ३१ लाख ८० हजार बरामद भएको छ ।