• Menu
s

मुख्यमन्त्री आचार्यलाई बुझाए एमाले मन्त्रीहरूले राजीनामा, मन्त्रिमण्डल पुनर्गठनको तयारी

नेपाल प्रफिट

२०८३ जेठ २०, बुधबार ११:३८

मुख्यमन्त्री आचार्यलाई बुझाए एमाले मन्त्रीहरूले राजीनामा, मन्त्रिमण्डल पुनर्गठनको तयारी

दाङ । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मन्त्रीले राजीनामा दिएका छन् ।

आफूहरुले बुधबार मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष सामूहिक रुपमा राजिनामा बुझाएको भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले बताए ।

मुख्यमन्त्रीसहित एमालेका पाँच मन्त्री रहेका थिए । तीमध्ये चार जनाले राजीनामा दिएका हुन् । राजनीनामा दिनेमा भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल, सिँचाइमन्त्री सीता चौधरी, भूमि व्यवस्था तथा कृषिमन्त्री दिनेश पन्ती र स्वास्थ्यमन्त्री खेम सारु छन् ।