• Menu
s

एडिबीको २२७ मिलियन डलर सहयोगमा तनहुँमा बन्दै १२६ मेगावाटको तल्लो सेती जलविद्युत आयोजना

नेपाल प्रफिट

२०८३ जेठ ११, १३:३८

एडिबीको २२७ मिलियन डलर सहयोगमा तनहुँमा बन्दै १२६ मेगावाटको तल्लो सेती जलविद्युत आयोजना

तनहुँ । तनहुँमा १२६ मेगावाटको तल्लो सेती जलविद्युत आयोजना निर्माण हुने भएको छ ।

एसियाली बिकास बैंकको २२७ मिलियन अमेरिकी डलर, ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋणमा निर्माण गर्न लागिएको आयोजना प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए ।

अर्धजलाशययुक्त सो आयोजनाको बाँध तनहुँको बन्दीपुर-६ र देवघाट गाउँपालिका-३ मा पर्दछ । विद्युतगृह, कर्मचारी आवास, मुख्य सुरुङ देवघाट गाउँपालिका-३ र ४ मा पर्दछ ।

श्रेष्ठले विद्युतगृह तथा कर्मचारी आवास निर्माणका लागि आवश्यक करिब १४६ रोपनी जग्गा अधिग्रहण प्रक्रिया सुरु गरिएको जानकारी दिए ।