• Menu
s

क्यानाडाबाट ‘नेप्लिफाई’ मोबाइल एप सार्वजनिक, नेपाली डायस्पोराका लागि डिजिटल घर

नेपाल प्रफिट

२०८३ वैशाख ३, १०:१७

क्यानाडाबाट ‘नेप्लिफाई’ मोबाइल एप सार्वजनिक, नेपाली डायस्पोराका लागि डिजिटल घर

टोरन्टो — विश्वभर फैलिएका नेपाली समुदायलाई एकै डिजिटल प्लेटफर्ममा जोड्ने उद्देश्यका साथ क्यानाडाबाट ‘नेप्लिफाई’ नामक अत्याधुनिक मोबाइल एप सार्वजनिक गरिएको छ।

नयाँ वर्ष २०८३ को अवसर पारेर ‘वान नेसन ग्लोबल कनेक्सन’ भन्ने मूल नाराका साथ सुरु गरिएको यस प्लेटफर्मलाई कम्पनीले नेपाली डायस्पोराका लागि ‘डिजिटल घर’ का रूपमा विकास गरेको जनाएको छ।

क्यानाडाको टोरन्टोमा प्रधान कार्यालय रहेको नेप्लिफाईले सन् २०२५ जनवरी १ देखि आफ्नो वेबसाइटमार्फत सेवा सुरु गरेको थियो। छोटो समयमै प्रयोगकर्ताहरूको उल्लेख्य समर्थन पाएपछि कम्पनीले एन्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा मोबाइल एप पनि उपलब्ध गराएको हो।

कम्पनीका अनुसार यो एप पूर्ण रूपमा निःशुल्क रहेको छ। यसमार्फत नेपाली उद्यमी, साना व्यवसायी, स्वरोजगार व्यक्ति तथा स्वतन्त्र पेशेवरहरूले आफ्ना सेवा र उत्पादनहरू सजिलै सूचीबद्ध गर्न सक्नेछन्।

एपमा विभिन्न सुविधा समावेश गरिएको छ, जसमा कार्यक्रम सम्बन्धी जानकारी, नेपाली खाना, विविध सेवाहरू, उपहार पठाउने व्यवस्था, रोजगारी तथा इन्टर्नसिपका अवसर, साथै कोठा वा अपार्टमेन्ट खोज्ने र भाडामा दिने सम्बन्धी जानकारी उपलब्ध हुने कम्पनीले जनाएको छ।

कम्पनीका सिईओ देवेन्द्र नेपालका अनुसार नेप्लिफाईले विश्वभरका नेपालीलाई एउटै डिजिटल प्लेटफर्ममा जोड्दै व्यवसाय, रोजगारी र सामाजिक सम्बन्ध विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।