• Menu

सिटिजन्स बैंकद्वारा हुम्लाको सर्केगाड गाउँपालिकाका अग्नि पीडितलाई राहत वितरण

नेपाल प्रफिट

२०८२ असार १९, २०:०६

सिटिजन्स बैंकद्वारा हुम्लाको सर्केगाड गाउँपालिकाका अग्नि पीडितलाई राहत वितरण

काठमाडौं । सिटिजन्स बैंकले हुम्लाको सर्केगाड गाउँपालिका वडा नं ३ उनापानीका अग्नि पीडितलाई राहत वितरण गरेको छ । बैंकले असार १ गतेको आगलागीमा परेका आठवटा घर पीडितलाई संस्थागत सामाजिक उतरदायित्वअन्तर्गत आवश्यक राहत स्वरुप खाद्यान्न सामग्रीलगायत लत्ता कपडाहरू वितरण गरेको हो ।

घर जलेर घरबारविहीन भएका परिवारलाई सानै भए पनि सहयोग गर्न पाउँदा पीडितहरुको दिनचर्यामा केही दिनका लागि भए पनि सहजता आउने विश्वास बैंकले लिएको छ । पीडितलाई राहत वितरण कार्यक्रममा बैंकका कर्णाली प्रदेश सर्केगाड शाखाका शाखा प्रमुख लगायत अन्य कर्मचारी तथा टोलका समाजसेवी बुद्धिजीवीहरुको उपस्थिति थियो ।

वितरण गरिएको खाद्यान्न सामग्रीमा चामल, दाल, आलु, तेल र अन्य सामाग्री एवं लत्ता कपडाहरूमा कुकर, डाडु तथा पिठो रहेको छ । संस्थागत सामाजिक उत्तरदायित्व न्तर्गत बैंकले यसअघि नै देशका विभिन्न स्थानमा स्वस्थ शिविर सञ्चालन, समुदायिक विद्यालय एवं मठ मन्दिरहरुमा सहयोग गरिसकेको छ ।

विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द इयर २०२४’ उपाधि प्राप्त गर्न सफल बैंकले केही समय अघिमात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक सिटिजन्स फोनपे क्रेडिट कार्ड (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ । साथै, मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधालगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सकिने सुविधा ल्याएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले देशभरका ६१ जिल्लामा फैलिएका २ सय शाखा, १६८ एटीएम, तीन विस्तारित काउन्टर र ७४ शाखारहित बैंकिङ इकाइबाट १९ लाख १२ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्