काठमाडौँ । असोज दोस्रो साताको भारी वर्षापछि अकासिएको तरकारीको मूल्य पुस मध्यपछि केही घटेको छ । कालीमाटी फलफूल तरकारी विकास समितिको तथ्यांकअनुसार असोजको वर्षा र बाढीपछि प्रतिकिलो सय रुपैयाँभन्दा माथि पुगेको तरकारीको थोक मूल्य अहिले ३०-३५ रुपैयाँमा झरेको हो ।
असोज १८ गते प्रतिकिलो औसत १४५ रुपैयाँ थोक मूल्य रहेको ठूलो गोलभेँडा अहिले औसत ८५ रुपैयाँमा झरेको छ । त्यस्तै औसत ९५ रुपैयाँ रहेको सानो लोकल गोलभेँडा अहिले ३० रुपैयाँमा पाइन थालेको छ ।
त्यसबेला सानो-ठूलो सबै गोलभेँडा खुद्रा बजारमा प्रतिकिलो दुई रुपैयाँभन्दा बढीका दरले किन्न उपभोक्ता बाध्य थिए । अहिले खुद्रा बजारमै ५० रुपैयाँ किलोले पाइन थालेको उपभोक्ताले बताएका छन् ।
असोज १६ मा प्रतिकिलो औसत ५५ रुपैयाँ थोक मूल्य रहेको स्थानीय काउली अहिले २५ रुपैयाँमा झरेको छ । त्यस्तै प्रतिकिलो ७५ रुपैयाँको लाम्चो भन्टा ४५ रुपैयाँ, १२५ रुपैयाँ रहेको घिउ सिमी हाइब्रिड ६५ रुपैयाँ र १२५ रुपैयाँ रहेको घिउ सिमी ६५ रुपैयाँ किलोमा पाइन थालेको छ ।
थोक बजारमा सस्तिएपछि खुद्रा बजारमा तरकारीको भाउ घटेको छ । मध्यपुर ठिमी नगरपालिका १, लोकन्थली बस्ने ईश्वरी अधिकारीले तरकारीको भाउ बल्ल सस्तो भएको बताइन् । ‘बाढीले काठमाडौं उपत्यका र तराईका जिल्लासमेत डुबानमा परेपछि हामी महँगो मूल्यमा भारतीय तरकारी खान बाध्य भयौँ कि भन्ने लाग्छ,’ उनले भनिन्, ‘हिजोआज अलि घटेको महसुस भएको छ ।’

कुन तरकारी र फलफूलको थोक भाउ कति ?
शुक्रबार आलु रातो प्रतिकिलो ५५, आलु रातो (भारतीय) प्रतिकिलो ४५, प्याज सुकेको (भारतीय) प्रतिकिलो ७२, गाजर (लोकल) प्रतिकिलो १२०, गाजर (तराई) प्रतिकिलो १००, बन्दा (लोकल) प्रतिकिलो ३०, बन्दा (तराई) प्रतिकिलो २० र बन्दा (नरिवल) प्रतिकिलो २५ रुपैयाँ छ ।
त्यस्तै, काउली स्थानीय प्रतिकिलो ३०, स्थानीय काउली (ज्यापु) प्रतिकिलो ४०, काउली तराई प्रतिकिलो २५, मूला रातो प्रतिकिलो ३४, मूला सेतो (लोकल) प्रतिकिलो २५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ४५, भन्टा लाम्चो प्रतिकिलो ५० र भन्टा डल्लो प्रतिकिलो ६० रुपैयाँ कायम भएको छ ।
यसैगरी, मकै बोडी प्रतिकिलो ७०, मटरकोसा प्रतिकिलो ७०, घिउ सिमी (लोकल) प्रतिकिलो ७०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ७०, घिउ सिमी (राजमा) प्रतिकिलो ६०, टाटे सिमी प्रतिकिलो ५०, तिते करेला प्रतिकिलो १००, लौका प्रतिकिलो ६० र परवर (तराई) प्रतिकिलो १०० रुपैयाँ रहेको समितिले जनाएको छ ।
समितिले फर्सी पाकेको प्रतिकिलो ६०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो २०, हरियो फर्सी (डल्लो) प्रतिकिलो २०, सलगम प्रतिकिलो १००, भिण्डी प्रतिकिलो ११०, सखरखण्ड प्रतिकिलो ८०, बरेला प्रतिकिलो ५०, पिँडालु प्रतिकिलो ९० र इस्कुस प्रतिकिलो ४० रुपैयाँ निर्धारण भएको जनाएको छ ।
त्यस्तै, रायो साग प्रतिकिलो २५, पालुंगो साग प्रतिकिलो ८०, चमसुरको साग, ८०, तोरीको साग प्रतिकिलो ४०, मेथीको साग प्रतिकिलो ८०, प्याज हरियो प्रतिकिलो ७०, बकुला प्रतिकिलो ९०, तरुल प्रतिकिलो ८०, च्याउ (कन्य) प्रतिकिलो १०० र च्याउ (डल्ले) प्रतिकिलो ४०० रुपैयाँ निर्धारण गरिएको छ ।
समितिले ब्रोकाउली प्रतिकिलो ५०, चुकुन्दर प्रतिकिलो ८०, सजीवन २५०, रातो बन्दा प्रतिकिलो ७०, जिरीको साग प्रतिकिलो १००, ग्याठ कोबी प्रतिकिलो ९०, सेलरी प्रतिकिलो ४००, पार्सले (प्रतिकिलो ८००, सौफको साग प्रतिकिलो १००, पुदिना प्रतिकिलो ४००, गान्टे मूला प्रतिकिलो ८०, इमली प्रतिकिलो १६०, तामा प्रतिकिलो १००, तोफु प्रतिकिलो १२० र गुन्दुक प्रतिकिलो ३०० रुपैयाँ तोकेको छ ।
त्यस्तै स्याउ (झोले) प्रतिकिलो २६०, स्याउ (फूजी) प्रतिकिलो ३००, केरा (दर्जन) १७०, कागती प्रतिकिलो १३०, अनार प्रतिकिलो ४००, अंगुर (हरियो) प्रतिकिलो २५०, अंगुर (कालो) प्रतिकिलो ३८०, सुन्तला (नेपाली) प्रतिकिलो १२५, सुन्तला (भारतीय) प्रतिकिलो १००, काँक्रो (लोकल) प्रतिकिलो १२० र काँक्रो (हाइब्रिड) प्रतिकिलो ९० रुपैयाँ छ ।
निबुवा प्रतिकिलो ५०, नासपाती (चाइनिज) प्रतिकिलो २५०, मेवा (नेपाली) प्रतिकिलो ७०, मेवा (भारतीय) प्रतिकिलो १००, अम्बा प्रतिकिलो १०५, लप्सी प्रतिकिलो ५०, स्ट्रबेरी (भुइँ ऐँसेलु) प्रतिकिलो ५००, किवि प्रतिकिलो २५०, आभोकाडो प्रतिकिलो २५०, अमला प्रतिकिलो ६० निर्धारण गरिएको समितिले जनाएको छ ।
यसैगरी, अदुवा प्रतिकिलो १३०, खुर्सानी सुकेको प्रतिकिलो ४००, खुर्सानी हरियो प्रतिकिलो ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो १००, खुर्सानी हरियो (माछे) प्रतिकिलो ७०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो ३००, भेडे खुर्सानी प्रतिकिलो ९०, लसुन हरियो प्रतिकिलो २०० र हरियो धनिया प्रतिकिलो ६० रुपैयाँ छ ।
त्यस्तै, लसुन सुकेको चाइनिज प्रतिकिलो ३००, लसुन सुकेको नेपाली प्रतिकिलो ३००, छ्यापी सुकेको प्रतिकिलो १६०, छ्यापी हरियो प्रतिकिलो २५०, ताजा माछा (रहु) प्रतिकिलो ३५०, ताजा माछा (बचुवा) प्रतिकिलो २६०, ताजा माछा (छडी) प्रतिकिलो २६०, ताजा माछा (मुंगरी) प्रतिकिलो ४५०, रुख टमाटर १४०, राजा च्याउ प्रतिकिलो ३०० र सिताके च्याउ प्रतिकिलो ८०० रुपैयाँ रहेको समितिले जनाएको छ ।