• Menu

आठ जना एसएसपीलाई डीआईजीमा बढुवाका लागि सिफारिस

नेपाल प्रफिट

२०८१ मंसिर १०, १०:१९

आठ जना एसएसपीलाई डीआईजीमा बढुवाका लागि सिफारिस

काठमाडौँ । नेपाल प्रहरीका आठ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डीआइजी) मा बढुवाका लागि सिफारिस गरिएको छ । गृह मन्त्रालय बढुवा समितिको सचिवालयको आइतबार बसेको बैठकले प्रहरीका आठ एसएसपीलाई डीआइजीमा बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा सिफारिस हुने एसएसपीमा ध्रुवराज राउत, भोलाबहादुर रावल, गणेश चन्द, सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर बिक छन् ।

बढुवा समितिले प्रहरी नियमावली २०७१ (संशोधन सहित)को नियम २७ को उपनियम (४) अनुसार बढुवा गरिएको बढुवा समितिका सदस्य सचिव एवं प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिए ।