• Menu

वेष्ट इण्डिजका अलराउन्डर फेबियन एलेन एनपिएल खेल्न नेपाल आइपुगे

नेपाल प्रफिट

२०८३ कात्तिक १९, बिहीबार १५:३३

वेष्ट इण्डिजका अलराउन्डर फेबियन एलेन एनपिएल खेल्न नेपाल आइपुगे

काठमाडौं । वेष्ट इण्डिजका चर्चित अलराउन्डर फेबियन एलेन तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी-२० प्रतियोगिता खेल्न आज नेपाल आइपुगेका छन् । उनलाई  त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सुदूरपश्चिम रोयल्सका प्रतिनिधिले स्वागत गरे ।

एलेनले हालसम्म वेष्ट इण्डिजका लागि २० एकदिवसीय खेल, ४२ टी-२० अन्तरराष्ट्रिय खेल खेलेका छन् । उनले एकदिवसीयमा २०० रन बनाएका छन् भने ७ विकेट लिएका छन् ।

यस्तै, एलेनले टी-२० अन्तरराष्ट्रिय क्रिकेटमा २९८ रन जोडेका छन् भने २४ विकेट लिएका छन् । उनले समग्र टी-२० क्रिकेटमा १७८ खेलमा एक हजार ६३४ रन बनाएका छन् ।

एलेनले इण्डियन प्रिमिय लिग (आइपिएल), क्यारेबियन प्रिमियर लिग (सिपिएल), मेजर लिग क्रिकेट, बिग बास लिग (बिबिएल), लङ्का प्रिमियर लिग (एलपिएल), आइएल टी-२०, एसए टी-२० र पाकिस्तान सुपर लिग (पिएसएल) खेलिसकेका छन् । एनपिएल उनका लागि नवौँ व्यावसायिक लिग हो । रासस