• Menu

सिरहामा सार्वजनिक बिदामा पनि राष्ट्रिय परिचयपत्र सेवा निरन्तर

नेपाल प्रफिट

२०८३ साउन ७, ११:०९

सिरहामा सार्वजनिक बिदामा पनि राष्ट्रिय परिचयपत्र सेवा निरन्तर

सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले सार्वजनिक बिदा (शनिबार र आइतबार) पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा जारी राख्ने भएको छ ।

कार्यालयले सूचना जारी गरी सेवाग्राहीको संख्या बढ्दै गएको जनाउँदै आगामी साउन ७ गतेदेखि अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि सार्वजनिक बिदाको दिन शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा सञ्चालन हुने जनाएको छ ।

राष्ट्रिय परिचयपत्र बनाउन सेवाग्राहीको संख्या दैनिक बढ्दै गएको सन्दर्भमा सार्वजनिक बिदाका दिन बिहान १०:०० बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा सञ्चालन हुने सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालद्वारा जारी सूचनामा उल्लेख छ ।