
काठमाडौं । सिद्धार्थ बैंक अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित इन्फोसिस फिन्याकल इनोभेसन अवार्डस २०२६ को गोल्ड अवार्डबाट सम्मानित भएको छ । सिद्धार्थ बैंक ‘म्याक्सिमाइजिङ कस्टमर इन्गेजमेन्ट– डिजिटल फर्स्ट बैंकिङ’ विधामा गोल्ड अवार्डबाट सम्मानित भएको हो ।
विश्वभरका बैंक तथा वित्तीय संस्थाहरूले प्रविधि, नवप्रवर्तन तथा ग्राहक अनुभव अभिवृद्धिका क्षेत्रमा गरेका उत्कृष्ट अभ्यासहरूको मूल्यांकन गरी प्रदान गरिने उक्त अवार्डले सिद्धार्थ बैंकको डिजिटल बैंकिङ क्षेत्रप्रतिको निरन्तर प्रतिबद्धता, ग्राहक केन्द्रित सेवा तथा उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्ने प्रयासलाई अन्तर्राष्ट्रिय स्तरमा सम्मान गरेको छ ।
बैंकले ग्राहकलाई सहज, सुरक्षित तथा आधुनिक बैंकिङ अनुभव प्रदान गर्ने उद्देश्यले विभिन्न डिजिटल सेवाहरूको विस्तार गर्दै आएको छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal