• Menu

नेप्से २४ अंकले घट्दा ४२ कम्पनीको मूल्य बढ्यो, यी हुन् सर्वाधिक कमाउने ३ कम्पनी

नेपाल प्रफिट

२०८१ वैशाख २३, आइतबार २०:०३

नेप्से २४ अंकले घट्दा ४२ कम्पनीको मूल्य बढ्यो, यी हुन् सर्वाधिक कमाउने ३ कम्पनी

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २४.५८ अंकले ओरालो लागेर १९७४.३७ मा सीमित भएको छ । कुल ९७ लाख ६२ हजार ८०३ कित्ता सेयर तीन अर्ब ७९ करोड ५७ लाख ४८ हजार २९६ मूल्यमा कारोबार भएको छ ।

स्टकका अनुसार कारोबारका आधारमा नेपाल फाइनान्स शीर्ष स्थानमा छ । सो कम्पनीको १२ करोड ६४ लाख ९९ हजार ७५३ रुपैयाँ बराबरको कारोबार भयो ।

यस्तै, डोल्टी पावर ९.५६, साधना लघुवित्त ८.७२, समता घरेलु लघुवित्त ८.७२, कुमारी बैंकको ऋणपत्र ४.०३ र नविल ब्यालेन्स फन्ड तेस्रोका लगानीकर्ताको सम्पत्ति ३.८९ प्रतिशतले बढेको छ ।

पिपल्स पावर ९.९२, सिँगटी हाइड्रोपावर इनर्जी ७.५५, हिमालयन डिस्टिलरी ६.३३, जानकी फाइनान्स ५.६९ र बोटलर्स नेपाल तराईका लगानीकर्ताले भने ५.२३ प्रतिशत घाटा व्यहोर्नुपरेको छ ।

प्रतिक्रिया दिनुहोस्