• Menu

नेप्से ६ अंकले घट्दा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

नेपाल प्रफिट

२०८० चैत १९, सोमबार १५:५७

नेप्से ६ अंकले घट्दा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.२६ अंकले घटेको छ । साताको पहिलो दिन आइतबार १७.३ अंकले घटेको बजार सोमबारको निरन्तरको ओरालो यात्रासँगै २०१२.०७ अंकमा झरेको छ ।

आज विभिन्न कम्पनीका ७२ लाख ९० हजार दुई सय कित्ता सेयर ६३ हजार १५ पटक खरिद–बिक्री हुँदा दुई अर्ब ८७ करोड ४७ लाख ५४ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।

आजको कारोबारमा होटल र पर्यटन समूहको उपसूचक १.१६ प्रतिशत र ट्रेडिङ समूहको उपसूचक ०.२० प्रतिशतले बढेको छ । बाँकी सबै समूहको उपसूचकमा गिरावट देखिएको छ ।

आज ८६ कम्पनीको सेयर मूल्य बढेको छ भने १५१ वटाको घटेको छ । गुँरास लघुवित्त वित्तीय संस्था र माईखोला हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने माहुली लघुवित्तको सेयर मूल्य ९.४४ प्रतिशतले बढेको छ ।

रिभल फल्स पावरको सेयर मूल्य ९.९८ प्रतिशतले घटेको छ भने हिमालयन हाइड्रोपावरको ६.२७ प्रतिशत, अपर लाहोर खोला हाइड्रोपावरकझ ६.१७ प्रतिशत र धौलागिरी लघुवित्तको सेयर मूल्य ५.७३ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सर्वोत्तम सिमेन्ट शीर्ष स्थानमा छ । कम्पनीको ४७ करोड २९ लाख १७ हजार ६३२ रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्