• Menu

नेप्से ओरालो लाग्दा ग्लोबल आइएमई बैंकको सर्वाधिक कारोबार, बजार पूँजीकरण ४५ खर्बमा सीमित

नेपाल प्रफिट

२०८३ असार १५, १६:३९

नेप्से ओरालो लाग्दा ग्लोबल आइएमई बैंकको सर्वाधिक कारोबार, बजार पूँजीकरण ४५ खर्बमा सीमित

काठमाडौं  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६.५४ अंकले ओरालो लागेर २६३२.९६ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.८४ अंकले ओरालो लागेर ४५५.८३ मा सीमित भएको छ ।

कूल ३५१ कम्पनीको ७६ लाख ९९ हजार २२७ कित्ता सेयर दुई अर्ब ६७ करोड १८ लाख ३२ हजार ९६५ मा कारोबार भएको छ । आजको कारोबारपछि बजार पूँजीकरण ४५ खर्ब नौ अर्ब ५७ करोड ११ लाख ९५ हजार ९२४ बराबर रहेको छ ।

कारोबारका आधारमा ग्लोबल आइएमई बैंक शीर्ष स्थानमा छ । यस्तै सोपान फर्मासिटिकल्स, एनआरएन इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड, रिलायन्स स्पिनिङ मिल्स र आँखु खोला जलविद्युत कम्पनी शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार टक्सार पिलुवा खोला हाइड्रोपावर, याम्बलिङ हाइड्रोपावर, स्नो रिभर लिमिटेड, धौवागिरी लघुवित्त र नेपाल एसबिआई बैंकको ऋणपत्रका लगानीकर्ताले कमाएका छन् ।

यस्तै स्वाभिमान लघुवित्त, सोपान फर्मासिटिकल्स, एशियन हाइड्रोपावर, शिखर पावर डेभलपमेन्ट र कालिञ्चोक हाइड्रोपावरका लगानीकर्ताले भने गुमाएका छन् ।