• Menu
s

ग्लोबल टेक बिजनेस ग्रुपले आयोजना गर्दै दुईदिने ‘भर्चुअल इन्टरप्रेनर्स समिट’, विश्वभरका प्रविधि विज्ञ जुट्ने

नेपाल प्रफिट

२०८३ असार १२, शुक्रबार १२:१०

ग्लोबल टेक बिजनेस ग्रुपले आयोजना गर्दै दुईदिने ‘भर्चुअल इन्टरप्रेनर्स समिट’, विश्वभरका प्रविधि विज्ञ जुट्ने

काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई), फिनटेक, वेब-थ्री र डिजिटल अर्थतन्त्रका पछिल्ला प्रवृत्तिमाथि छलफल गर्न ग्लोबल टेक बिजनेस ग्रुपले आगामी जुलाई २५ र २६ मा ‘भर्चुअल इन्टरप्रेनर्स समिट २०२६’ आयोजना गर्ने भएको छ।

दुईदिने सम्मेलनमा विश्वभरका प्रविधि विज्ञ, उद्यमी, लगानीकर्ता तथा मानव संसाधन विज्ञ सहभागी हुनेछन्। पहिलो दिन एआई र खुद्रा व्यापारको एकीकरण, स्टार्टअप लगानी रणनीति तथा प्रविधि क्षेत्रको बदलिँदो परिदृश्यबारे छलफल हुनेछ।

दोस्रो दिन भविष्यको उपभोक्ता बजार, सीमाहीन डिजिटल अर्थतन्त्र, फिनटेक, वेब-थ्री र एआईको नैतिक प्रयोगबारे प्यानल छलफल सञ्चालन गरिने आयोजकले जनाएको छ।

यससँगै सम्मेलनमा प्रत्यक्ष प्रश्नोत्तर, करियर फेयर तथा प्रविधि क्षेत्रका नयाँ अवसरबारे जानकारी दिने विभिन्न सत्र पनि समावेश गरिएका छन्।

सम्बन्धित समाचार