• Menu
s

सुनचाँदी व्यवसायलाई आधुनिक र पारदर्शी बनाउन असार १३ गते ‘रूपान्तरण सम्मेलन’

नेपाल प्रफिट

२०८३ असार १२, शुक्रबार १२:०६

सुनचाँदी व्यवसायलाई आधुनिक र पारदर्शी बनाउन असार १३ गते ‘रूपान्तरण सम्मेलन’

काठमाडौं । काठमाडौं सुनचाँदी व्यवसायी संघले सुनचाँदी व्यवसायलाई आधुनिक, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ ‘रूपान्तरण सम्मेलन २०८३’ आयोजना गर्ने भएको छ ।

संघले सदस्य व्यवसायीहरूको व्यावसायिक ज्ञान तथा दक्षता अभिवृद्धि गर्ने लक्ष्यसहित ‘व्यवसायलाई प्रविधि र नवप्रवर्तनमार्फत सशक्त बनाऔं, सिकाऔं, अपनाऔं, बढाऔं’ भन्ने नाराका साथ सम्मेलन आयोजना गर्न लागेको जनाएको छ । संघले सबै सदस्य व्यवसायीलाई कार्यक्रममा समयमै उपस्थित भई सहभागिता जनाउन अनुरोध गरेको छ ।

सम्मेलनमा सुनचाँदी व्यवसायसँग सम्बन्धित समसामयिक तथा व्यावहारिक विषयमा विज्ञहरूको प्रस्तुति रहनेछ । कार्यक्रमअन्तर्गत लक्जरी शुल्क, भ्याट तथा शिप प्रबन्ध शुल्कसम्बन्धी वर्तमान अवस्था, व्यवसायमैत्री हिसाब-किताब तथा स्टक व्यवस्थापनका व्यावहारिक पक्ष, कर तथा व्यवसाय व्यवस्थापनसम्बन्धी जिज्ञासाको समाधान, ई-बिलिङ सफ्टवेयरको डेमो प्रस्तुति तथा डिजिटल मार्केटिङ, साथै सुनचाँदीको दैनिक दर (रेट) र सुन खरिद-बिक्री एप निःशुल्क वितरण गरिनेछ ।

संघका अनुसार सम्मेलन असार १३ गते शनिबार काठमाडौंको नयाँ बजारस्थित सासा ब्याङ्क्वेटमा आयोजना हुनेछ। कार्यक्रम बिहान ८ः१५ बजेदेखि सुरु हुनेछ ।

संघले यस प्रकारका कार्यक्रमले व्यवसायीलाई नयाँ प्रविधि, कर प्रणाली, डिजिटल व्यवस्थापन तथा व्यवसाय सञ्चालनका आधुनिक अभ्यासबारे जानकारी दिई सुनचाँदी व्यवसायलाई थप व्यवस्थित, पारदर्शी र प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।