काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ भने चाँदीको भाउ केही घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ८०० ले बढेको छ भने चाँदी ५५ ले घटेको छ ।
आज सुनको मूल्य प्रतितोला दुई लाख ७९ हजार १०० र एक तोला चाँदीको मोल चार हजार १८० निर्धारण भएको छ । हिजो बिहीबार एक तोला सुनको मूल्य दुई लाख ७८ हजार ३०० र त्यति नै परिमाणको चाँदी चार हजार २३५ मा कारोबार भएको थियो ।
गत बुधबार एक तोला सुनको मोल दुई लाख ८३ हजार ५०० र चाँदी चार हजार ४८५ मा खरिदबिक्री भएको थियो । आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार २२ र चाँदी ५८ अमेरिकी डलरमा किनबेच भइरहेको छ ।