• Menu
s

कैलालीको गोरङ्गे ब्यारेकमा सैन्य अभ्यासका क्रममा ग्रिनेड विस्फोट, सैनिक जवान विष्टको मृत्यु

नेपाल प्रफिट

२०८३ असार ११, १७:१२

कैलालीको गोरङ्गे ब्यारेकमा सैन्य अभ्यासका क्रममा ग्रिनेड विस्फोट, सैनिक जवान विष्टको मृत्यु

कैलाली । लम्कीचुहा नगरपालिका-३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका क्रममा ‘ग्रिनेड’ विस्फोट हुँदा सैनिक जवान हिमालविक्रम विष्टको मृत्यु भएको छ ।

नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार ग्रिनेड विस्फोटमा गम्भीर घाइते भएका निजको लम्कीस्थित लालरत्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

घटनामा घाइते भएका सह-सेनानी हेमराज जोशीलाई उपचारका लागि  नेपालगन्ज लगिएको जानकारी दिए । घटना आज बिहानको हो ।