• Menu
s

दाङका १० पालिकाको आगामी आर्थिक वर्षका लागि १० अर्ब १६ करोड बढीको बजेट

नेपाल प्रफिट

२०८३ असार ११, १६:४३

दाङका १० पालिकाको आगामी आर्थिक वर्षका लागि १० अर्ब १६ करोड बढीको बजेट

दाङ । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३/०८४ का लागि बजेट सार्वजनिक गरेका छन् ।

दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिका गरी १० वटै स्थानीय तहले कूल १० अर्ब १६ करोड ६८ लाख ६१ हजार ४५४ को बजेट सार्वजनिक गरेका हुन् ।

तुलसीपुर उपमहानगरपालिकाले दुई अर्ब ४४ करोड ९५ लाख ९१ हजारको बजेट ल्याएको छ । यो यहाँका सबै स्थानीय निकायको भन्दा बढी हो । घोराही उपमहानगरपालिकाले दुई अर्ब ३७ करोड ९५ लाख २२ हजार को बजेट पेस  गरेको छ ।

यसैगरी लमही नगरपालिकाले ९८ करोड १३ लाख ३७ हजार ४५४, गढवा गाउँपालिकाले ८२ करोड ५४ हजार,  राप्ती गाउँपालिकाले ७५ करोड चार लाख ९६ हजार, बंगलाचुली गाउँपालिकाले ६२ करोड ८१ लाख ३३ हजार र राजपुर गाउँपालिकाले ६१ करोड एक लाख ९० हजार बजेट प्रस्तुत गरेका छन् ।

त्यस्तै, बबई गाउँपालिकाले ५६ करोड चार लाख ४३ हजार,  शान्तिनगर गाउँपालिकाले ५२ करोड २५ लाख ४७ हजार र दंगीशरण गाउँपालिकाले ४६ करोड ४५ लाख ४८ हजार बजेट सार्वजनिक गरेका छन् ।

पालिकाहरूले विशेष गरी शिक्षा, स्वास्थ्य, कृषि आधुनिकीकरण, भौतिक पूर्वाधार र रोजगारी सिर्जनालाई बजेटमा प्राथमिकता दिएको देखिन्छ । ।

सम्बद्ध पालिकाहरुका अनुसारसंघीय र प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण, सशर्त, समपूरक र विशेष अनुदानका साथै आन्तरिक राजस्वलाई बजेटको मुख्य स्रोतका रूपमा लिइएको छ ।