
काठमाडौं । सोमबारको तुलनामा स्थानीय बजारमा मंगलबार सुनचाँदीको मूल्यमा केही गिरावट आएको छ । सुन प्रतितोला एक हजार ६ सयले घटेको छ भने चाँदी १४० ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ८७ हजार १०० र चाँदीको मोल चार हजार ५९० निर्धारण भएको छ ।
हिजो सोमबार एक तोला सुन दुई लाख ८८ हजार ७०० मा कारोबार भएको थियो भने एक तोला चाँदी चार हजार ७३० मा खरिदबिक्री भएको थियो ।
त्यसैगरी, गत आइतबार एक तोला सुन दुई लाख ८७ हजार ३०० र त्यति नै परिमाणको चाँदी चार हजार ६९० मा किनबेच भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔँस सुन चार हजार ११९ अमेरिकी डलरमा खरिद बिक्री भइरहेको छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal