• Menu
s

बाँझो जमिनमा ७ लाखको लगानी : बागलुङको गोर्दी र बहेलीमा रोपिए १५ सय स्याउका बिरुवा

नेपाल प्रफिट

२०८३ असार ८, १३:१९

बाँझो जमिनमा ७ लाखको लगानी : बागलुङको गोर्दी र बहेलीमा रोपिए १५ सय स्याउका बिरुवा

बागलुङ । तमानखोला गाउँपालिकाले वर्षौंसम्म बाझो रहेको २० रोपनी जमिनमा स्याउखेती गरी आयआर्जनको बाटो पहिल्याएको  छ ।

गाउँपालिका-४ को गोर्दी, बहेली क्षेत्रका बाझो जमिनमा एक हजार ५०० जातका  विभिन्न स्याउका बिरुवा सात लाखको लगानीमा रोपी खेती गर्न थालेको तमानखोला गाउँपालिका-४ का अध्यक्ष छप्रसाद सिर्पालीले बताए । बिरुवाको देखदेख, गोडमेल र व्यवस्थापन सोही वडाले गर्ने गरी व्यवस्था मिलाएको छ ।

समुद्री सतहदेखि दुई हजार ५०० मिटरको उचाइमा रहेको गोर्दी र तीन हजार ५०० मिटरको उचाइमा रहेको बहेलीमा स्याउ लगाएर हुर्किएपछि राम्रो उत्पादन हुने विश्वास गाँउपालिकाले गरेको छ ।  पालिकाले कार्यविधि बनाइ पहिलो चरणमा बाझो जमिनमा खेती गरेको हो ।

‘यो क्षेत्रमा स्याउखेती राम्रो हुने अपेक्षा लिएका छौँ, सुरुमा परीक्षणका लागि २० रोपनीमा पन्ध्र सय बिरुवा लगाएका छौँ, यसले उत्पादन दिन थालेपछि अन्य क्षेत्रमा पनि विस्तार गर्ने हाम्रो योजना छ,’ अध्यक्ष बुढा मगरले भने, ‘यस क्षेत्रमा स्याउ उत्पादन हुन थाल्यो भने यहाँका नागरिक आयआर्जनसँग जोडिने छन्, भने पर्यटन प्रवर्धन पनि हुने अपेक्षा लिएका छौँ ।’ अध्यक्षले भने ।

सम्बन्धित समाचार