
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारका राम्रा काममा साथ दिई समर्थन र नराम्रा कामको विरोध गर्ने बताएका छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उनले सरकारले सुकुमबासीलाई नदी किनारबाट हटाएकामा स्वागत गरेको स्मरण गरे । उनले करको दर परिवर्तनका विषयमा छानबिन समिति आवश्यक भएको बताए । संसदीय व्यवस्थामा एक जना सांसदको पनि महत्व हुने स्मरण गराए ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal