• Menu
s

प्रतिनिधिसभामा विपक्षीको गर्जन, राष्ट्रियता र सीमा सुरक्षाका सवालमा सरकारसँग जवाफ माग

नेपाल प्रफिट

२०८३ असार १, ११:५५

प्रतिनिधिसभामा विपक्षीको गर्जन, राष्ट्रियता र सीमा सुरक्षाका सवालमा सरकारसँग जवाफ माग

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलहरुले राष्ट्रियताको सवालमा नेपाल सरकार गम्भीर हुनुपर्ने विषयमा ध्यानाकर्षण गराएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवारज दुलालले भारतीय सेनाको हेलिकप्टर दार्चुलाको भूमिमा प्रवेश गरेको विषयमा सरकारको जवाफ माग गरे । उनले इलामको प्रसिद्ध चिया उद्योग बन्द हुन लागेको विषयमा सरकारको ध्यानाकर्षण गराए ।

नेपाली कांग्रेसका सांसद रेनुका काउँचाले गृहमन्त्री सुधन गुरुङको सम्पत्ति छानबिनसम्बन्धी समितिले तयार गरेको प्रतिवेदन सार्वजनिक हुनुपर्ने माग गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद भरत गिरीले नवलपरासीको सुस्तामा भारतीय सुरक्षाकर्मी एसएसबीको हस्तक्षेपप्रति विनावर्दीका सिपाइ बनेर नेपाली नागरिकले देखाएको अदम्य साहसप्रति सम्मान गरे । उनले सीमा क्षेत्रमा रहेका नेपालीहरूप्रति सरकार संवेदनशील हुनुपर्ने माग गरे ।