• Menu
s

विपन्न वर्गलाई स्वरोजगारको अवसर, ज्योति विकास बैंकद्वारा सुर्खेतमा सिलाइ मेसिन वितरण

नेपाल प्रफिट

२०८३ जेठ २०, बुधबार १३:५२

विपन्न वर्गलाई स्वरोजगारको अवसर, ज्योति विकास बैंकद्वारा सुर्खेतमा सिलाइ मेसिन वितरण

काठमाडौं । ज्योति विकास बैंकले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. १० र १२ का नागरिकलाई स्वरोजगार प्रवर्धनका लागि सिलाइ मेसिनहरू हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्थापना गरेको ‘हाम्रो विकास प्रवर्धन कोष’मार्फत लक्षित वर्गलाई सिलाई मेसिन प्रदान गरेको हो ।

वीरेन्द्रनगर नगरपालिकाका स्थानीय निकायसँगको सहकार्यमा सम्पन्न उक्त पहलअन्तर्गत सिलाइसम्बन्धी ज्ञान, सीप तथा तालिम प्राप्त लक्षित तथा विपन्न वर्गका व्यक्तिलाई सिलाइ मेसिन प्रदान गरिएको छ ।

परम्परागत सीप र कलालाई व्यावसायिक रूपमा उपयोग गर्न सहयोग पुर्‍याउने उद्देश्यका साथ बैंकले सहयोग गरेको जनाएको छ । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई समुदायको आवश्यकता, समावेशी विकास र दिगो सामाजिक प्रभावसँग जोड्दै आएको छ ।

शिक्षा, स्वास्थ्य, जीवनस्तर सुधार, वातावरण संरक्षण तथा आर्थिक सशक्तीकरणका क्षेत्रमा बैंकले विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको छ । ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल ११७ शाखा कार्यालय, ३ विस्तारित काउन्टर र ७५ वटा एटीएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।

सम्बन्धित समाचार