काठमाडौं । सुन तस्करी अभियोगमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकारविरुद्ध मुद्दा दर्ता भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले पुनका सल्लाहकार जीवन गुरुङविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
कार्यालयले गुरुङविरुद्ध १ अर्ब ४० करोड बिगो र ५ वर्ष कैद सजायको माग गरेको जनाएको छ । सरकारी वकिल कार्यालयले बिहीबार गुरुङविरुद्ध मुद्दा दर्ता गर्ने अनुमति दिएको भन्सार कार्यालयले जनाएको छ ।