काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत प्राप्त गरेका छन् ।
प्रतिनिधिसभामा बुधबार भएको मत विभाजनमा कुल २६८ मध्ये विश्वासको पक्षमा १५७ मत प्राप्त भएको हो । विपक्षमा ११० मत परेको छ । मत दिन्न भन्नेमा एक मत पर्यो ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टीका सांसद एवं स्वतन्त्र सांसदले विश्वासको मतको पक्षमा मतदान गरेका छन् ।
नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले विश्वासको मतका लागि प्रस्ताव गरेका थिए ।
त्यसअघि प्रधानमन्त्री ‘प्रचण्ड’ले देशमा देखिएका समस्या समाधान गर्नका लागि विश्वासको मत दिन आग्रह गरेका थिए । उनले देश र जनताको पक्षमा निरन्तर लाग्ने प्रतिबद्धतासमेत व्यक्त गरका थिए ।