काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सबाट खेलिरहेका पाकिस्तानी क्रिकेटर साहिबजादा फरहान राष्ट्रिय टोलीमा छनोट भएपछि पाकिस्तान फर्किने भएका छन्। श्रीलंकाविरुद्धको ओडीआई खेलपछि उनी अक्टोबर ३१ मा पुनः एनपीएलमा फर्किने सम्भावना रहेको कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले बताएका छन्।
यसैबीच, पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले पाकिस्तानी खेलाडीलाई एनओसी दिन थप २५ हजार अमेरिकी डलर मागेको घिमिरेले जानकारी दिए। प्रतियोगिताका लागि खेलाडी नेपाल आइसकेपछि थप रकम मागिएको भन्दै उनले असन्तुष्टि जनाएका छन्।
फरहानको अनुपस्थितिमा कर्णालीले अस्थायी रूपमा अर्को खेलाडी ल्याउने तयारी गरेको छ। टोलीले अर्का पाकिस्तानी खेलाडी हुसेन तलातलाई पनि अनुबन्ध गरेको छ।