• Menu
s

सुर्खेतबाट पक्राउ परेका विष्णु पौडेलाई काठमाडौं ल्याइयो, सेयर कारोबार र सम्पत्तिको स्रोतमा अनुसन्धान हुँदै

नेपाल प्रफिट

२०८३ असार ९, १३:३८

सुर्खेतबाट पक्राउ परेका विष्णु पौडेलाई काठमाडौं ल्याइयो, सेयर कारोबार र सम्पत्तिको स्रोतमा अनुसन्धान हुँदै

काठमाडौं  । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सुर्खेतबाट पक्राउ गरी काठमाडौं ल्याइएको छ। उनलाई मंगलबार बिहान सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइएको स्रोतले जनाएको छ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा सोमबार सुर्खेतबाट पक्राउ परेका पौडेललाई रातारात स्थलमार्ग हुँदै काठमाडौं ल्याइएको हो । उनी पार्टीको कार्यक्रममा सहभागी हुन सुर्खेत पुगेका बेला नियन्त्रणमा लिइएको बताइएको छ।

विभागले पौडेलमाथि सेयर कारोबार तथा सम्पत्तिको स्रोतसम्बन्धी विषयमा अनुसन्धान अघि बढाएको जनाएको छ । सोही अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको बताइएको छ ।

अनुसन्धान प्रक्रिया अगाडि बढाउन आजै अदालतबाट म्याद थपको अनुमति लिने तयारी गरिएको छ । विभागको टोलीले पक्राउअघि पौडेलको निवासमा समेत खोजतलास गरेको स्रोतको दाबी छ ।

पौडेलको पक्राउबारे विभिन्न सञ्चारमाध्यमले समाचार प्रकाशित गरेका छन्, यद्यपि सम्बन्धित निकायबाट अनुसन्धानको विस्तृत विवरण सार्वजनिक भइसकेको छैन ।