• Menu
s

भोलिदेखि खुल्दै बौद्धको भाट-भटेनी, दैनिक रूपमा नियमित सेवा दिइने

नेपाल प्रफिट

२०८३ असार ९, १३:१४

भोलिदेखि खुल्दै बौद्धको भाट-भटेनी, दैनिक रूपमा नियमित सेवा दिइने

काठमाडौं । काठमाडौंको बौद्धस्थित भाट-भटेनी सुपर स्टोर असार १० गते बुधबारदेखि पुनः सञ्चालनमा आउने भएको छ।

कम्पनीका अनुसार स्टोर पुनः सञ्चालनमा आएपछि ग्राहकलाई दैनिक रूपमा नियमित सेवा उपलब्ध गराइनेछ। भाट-भटेनी सुपरमार्केटका प्रमुख सञ्चालन अधिकृत पानू पौडेलले स्टोर भोलिदेखि पूर्ण रूपमा सञ्चालनमा आउने जानकारी दिए।

उनका अनुसार ग्राहकहरूको सुविधा र सन्तुष्टिलाई प्राथमिकतामा राख्दै आधुनिक सुविधा तथा गुणस्तरीय सेवा निरन्तर प्रदान गरिनेछ ।

स्टोर पुनः सञ्चालनको अवसरमा कम्पनीले सम्पूर्ण ग्राहक, शुभेच्छुक तथा सरोकारवालाप्रति आभार व्यक्त गरेको छ । साथै आगामी दिनमा पनि ग्राहकहरूको साथ, सहयोग र विश्वास कायम रहने अपेक्षा व्यक्त गरेको छ ।

भाट-भटेनीले पुनः सञ्चालनसँगै ग्राहकलाई सहज, सुरक्षित र गुणस्तरीय सेवा उपलब्ध गराउने जनाएको छ ।