• Menu
s

दूरसञ्चार क्षेत्रमा हरित क्रान्ति : कार्बन उत्सर्जन घटाउन हुवावेले ल्यायो ‘डिजिटल पावर’ र स्मार्ट ऊर्जा प्रणाली

नेपाल प्रफिट

२०८३ जेठ २०, बुधबार १३:४४

दूरसञ्चार क्षेत्रमा हरित क्रान्ति : कार्बन उत्सर्जन घटाउन हुवावेले ल्यायो ‘डिजिटल पावर’ र स्मार्ट ऊर्जा प्रणाली

काठमाडौं । हुवावे नेपालले कृत्रिम बुद्धिमत्ता (एआइ) र आगामी पुस्ताको दूरसञ्चार प्रविधिमार्फत नेपालको डिजिटल रूपान्तरणलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरेको छ । हुवावेले काठमाडौंस्थित हुवावे टावरमा ‘मिनि मोबाइल वल्र्ड कँग्रेस २०२६’ आयोजना गरी यस्तो प्रतिबद्धता जनाएको हो ।

हुवावेले गत वर्षको ‘मिनि मोबाइल वल्र्ड कँग्रेस २०२५’ को निरन्तरतास्वरूप यस वर्षको सम्मेलनलाई एआईको व्यवसायीकरण तथा नयाँ पुस्ताको नेटवर्क क्षमताको विकासमा केन्द्रित गरेको जनाएको छ । कम्पनीले आफ्नो विश्वव्यापी नारा ‘नाउ इज योर्स’ अन्तर्गत एआई नवप्रवर्तनलाई व्यावसायिक मूल्यसँग जोड्ने रणनीति प्रस्तुत गरेको थियो ।

कार्यक्रममा ‘एआइ फर नेटवक्र्स’ र ‘नेटवक्र्स फर एआइ’ अवधारणाअन्तर्गत विभिन्न प्रविधिगत समाधान तथा भविष्यका सम्भावनाबारे प्रस्तुति गरिएको थियो । हुवावेले पहिलो पटक एआईमा आधारित ‘एजेन्टीक कम्युनिकेशन नेटवक्र्स-एसिएल’ तथा ‘एजेन्ट कोर’ समाधान प्रस्तुत गर्दै बुद्धिमान, स्वचालित र उच्च कार्यक्षमतायुक्त नेटवर्क सञ्चालनको अवधारणा अघि सारेको छ । कम्पनीका अनुसार यसले नेटवर्क सञ्चालनमा स्वचालन बढाउनुका साथै कार्यसम्पादनमा सुधार ल्याउनेछ ।

त्यसैगरी, फाइभजी-एडभान्स (भाइभ जी-ए) अर्थात् ५.५जी प्रविधिको व्यावसायिक सम्भावना तथा मोबाइल ब्रडब्यान्ड क्षमताबारे पनि जानकारी दिइएको थियो। ‘फाइबर हेल्थकेयर’ अवधारणामार्फत फाइबर नेटवर्कको अवस्था पूर्वानुमान गरी आकस्मिक फाइबर कटौतीबाट हुने सेवा अवरोध न्यूनीकरण गर्न सकिने प्रविधि प्रदर्शन गरिएको कम्पनीले जनाएको छ ।

बढ्दो डाटा मागलाई सम्बोधन गर्न एआई-केन्द्रित ‘अल-अप्टिकल टार्गेट नेटवर्क’ विकासको प्रस्ताव पनि कार्यक्रममा प्रस्तुत गरिएको थियो । उक्त प्रविधिले उच्च ब्यान्डविथ, न्यून विलम्बता (लेटेन्सी) तथा कम ऊर्जा खपत सुनिश्चित गर्ने लक्ष्य राखेको छ ।

कार्यक्रमको अर्को प्रमुख आकर्षण ‘हुवावे डिजिटल पावर’ थियो । यसअन्तर्गत कम्पनीले ‘सिंगल साइट पावर’ तथा तथा उन्नत ऊर्जा भण्डारण प्रणाली  सार्वजनिक गर्दै सौर्य ऊर्जा, लिथियम भण्डारण र दूरसञ्चार उपकरणबीच बुद्धिमान समन्वय स्थापित गर्ने हरित ऊर्जा समाधान प्रस्तुत गरेको छ ।

हुवावेका अनुसार उक्त प्रणालीले परम्परागत बेस स्टेशनलाई ऊर्जा-दक्ष र लचिलो ‘प्रोसुमर’ साइटमा रूपान्तरण गर्न सहयोग पुर्‍याउनेछ । यसबाट विद्युत् आपूर्तिको उतारचढाव व्यवस्थापन गर्नुका साथै दूरसञ्चार क्षेत्रको कार्बन उत्सर्जन घटाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

नेपालमा २६ वर्षभन्दा लामो समयदेखि कार्यरत हुवावेले डिजिटल नेपालको अवधारणालाई  सहयोग गर्ने प्रतिबद्धता पुनः दोहोर्‍याएको छ । कम्पनीले ग्रामीण क्षेत्रमा स्मार्ट कक्षा सञ्चालन, दूरदराजमा कनेक्टिभिटी विस्तार, सूचना प्रविधि क्षेत्रका जनशक्ति विकास तथा नवप्रवर्तन प्रवर्धनमार्फत नेपालको डिजिटल रूपान्तरण यात्रामा योगदान पुर्‍याउँदै आएको जनाएको छ ।

स्पेनको मोबाइल वल्र्ड कँग्रेस २०२६ मा सार्वजनिक गरिएका नवीनतम प्रविधि तथा अवधारणाहरूलाई नेपाली दूरसञ्चार क्षेत्रसँग साझा गर्ने उद्देश्यले आयोजित कार्यक्रममा नेपालका प्रमुख दूरसञ्चार सेवा प्रदायक संस्थाका नेतृत्वकर्ता तथा प्राविधिक विज्ञहरूको सहभागिता थियो ।