• Menu
s

हुवावे टावरमा भित्रियो बार्सिलोनाको प्रविधि, एआई व्यवसायीकरण र नेटवर्क विस्तारमा हुवावेको नयाँ रणनीति

नेपाल प्रफिट

२०८३ जेठ २०, बुधबार १३:३८

हुवावे टावरमा भित्रियो बार्सिलोनाको प्रविधि, एआई व्यवसायीकरण र नेटवर्क विस्तारमा हुवावेको नयाँ रणनीति

काठमाडौं । स्पेनको बार्सिलोनामा आयोजित मोबाइल वल्र्ड कंग्रेस (एमडब्लूसी) २०२६ मा सार्वजनिक गरिएका महत्वपूर्ण प्रविधिगत उपलब्धिपछि हुवावे नेपालले काठमाडौंको हात्तीसारस्थित हुवावे टावरमा बहुप्रतीक्षित मिनी एमडब्लूसी आयोजना गरेको छ ।

कार्यक्रममा नेपालका प्रमुख दूरसञ्चार सेवा प्रदायक संस्थाका नेतृत्व तहका प्रतिनिधि तथा प्राविधिक विज्ञहरू सहभागी भई नेपालको डिजिटल इकोसिस्टमको भविष्यबारे छलफल गरेका छन् ।

गत वर्ष सफलतापूर्वक सम्पन्न भएको कार्यक्रमको निरन्तरता स्वरूप यस वर्षको सम्मेलन कृत्रिम बुद्धिमत्ता (एआई) को व्यवसायीकरण तथा आगामी पुस्ताको नेटवर्क क्षमताको विस्तारमा केन्द्रित रहेको आयोजकले जनाएको छ।

परम्परागत कनेक्टिभिटीभन्दा अगाडि बढ्दै हुवावेले आफ्नो विश्वव्यापी नारा ‘नाउ इज योर्स’ अन्तर्गत नेपालमा एआई नवप्रवर्तन र दूरसञ्चार व्यावसायिक मूल्यबीचको दूरी कम गर्ने स्पष्ट रणनीति प्रस्तुत गरेको छ ।