काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट तथा अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले जीवन बिमा नवीकरणलाई अझ सहज, सुरक्षित र आकर्षक बनाउन विशेष उपहार योजना सार्वजनिक गरेको छ ।
कम्पनीले जेठ १ गतेदेखि असार ३२ गते २०८३ सम्म सञ्चालन हुने अभियानअन्तर्गत इसेवाको मोबाइल एप वा वेबसाइटमार्फत नेपालको कुनै पनि जीवन बीमा कम्पनीको बिमा प्रिमियम भुक्तानी वा पोलिसी नवीकरण गर्ने ग्राहकलाई आकर्षक उपहार जित्ने अवसर प्रदान गरेको जनाएको छ ।
यस योजनाअन्तर्गत एक जना भाग्यशाली ग्राहकले बम्पर उपहारस्वरूप ४३ इन्चको स्मार्ट टिभी प्राप्त गर्नेछन् । साथै, तीन जना विजेताले जनही २५ हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन् । अभियान अवधिभर प्रत्येक हप्ता एक जना प्रयोगकर्तालाई २ हजार ५ सय रुपैयाँ नगद पुरस्कार पनि प्रदान गरिने कम्पनीले जनाएको छ ।
इसेवाका अनुसार विभिन्न जीवन बिमा कम्पनीहरूसँगको सहकार्यमा ग्राहकहरूलाई आकर्षक क्यासब्याक सुविधा समेत उपलब्ध गराइनेछ ।
कम्पनीले अनलाइन बिमा नवीकरण सेवामार्फत ग्राहकहरूले कार्यालय धाउनुपर्ने झन्झट बिना घरबाटै छिटो, सुरक्षित र भरपर्दो रूपमा जीवन बीमा नवीकरण तथा प्रिमियम भुक्तानी गर्न सक्ने जनाएको छ ।
इसेवाका अनुसार यस अभियानले जीवन बिमाप्रति जनचेतना बढाउनुका साथै डिजिटल भुक्तानीको प्रयोगलाई थप प्रवर्धन गर्ने अपेक्षा गरिएको छ ।
कम्पनीले ग्राहकहरूलाई इसेवामार्फत जीवन बीमा नवीकरण गरी आफ्नो भविष्य सुरक्षित बनाउन र आकर्षक उपहार जित्ने अवसरको लाभ लिन आग्रह गरेको छ ।