• Menu

दुई वाणिज्य बैंकले घटाए निक्षेपको ब्याज, १८ वटाको स्थिर, एनआईसी एसियाले दिन्छ सबैभन्दा धेरै

नेपाल प्रफिट

२०८१ चैत १, शुक्रबार १०:४२

दुई वाणिज्य बैंकले घटाए निक्षेपको ब्याज, १८ वटाको स्थिर, एनआईसी एसियाले दिन्छ सबैभन्दा धेरै

काठमाडौं ।  वाणिज्य बैंकहरुले चैतका ब्याजदर सार्वजनिक गरेका छन् । चैतका लागि दुई वटा वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाउँदा बाँकी सबैले स्थिर दर सार्वजनिक गरेका हुन् ।

हिमालयन र नेपाल बैंकले ब्याज घटाएका हुन् । हिमालयनले ६.२५ प्रतिशतबाट ५.५ प्रतिशतमा झारेको छ भने नेपाल बैंकले ५.६ प्रतिशतबाट ५.५५ प्रतिशतमा झारेको छ ।

नेपाल बैंकको यससँगै चैतका लागि व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा कम ब्याज निर्धारण भएको छ । सबैभन्दा बढी ब्याज भने एनआईसी एसिया बैंकको ६.६ प्रतिशत छ ।

कर्जा प्रवाह हुन नसकेर तरलता थुप्रिएपछि बैंकहरुले निक्षेप संकलनलाई प्राथमिकतामा नराखेका कारण ब्याजदर न्यून स्तरमा राखेका छन् । निक्षेपको ब्याजदर न्यून हुँदा कर्जाको ब्याजदर पनि सस्तिएको छ ।

प्रतिक्रिया दिनुहोस्