• Menu

तोलामा एकैदिन २२ सय बढ्यो सुनको मूल्य

नेपाल प्रफिट

२०८१ माघ २३, बुधबार ११:२४

तोलामा एकैदिन २२ सय बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला २२ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ६४ हजार ७ सय रुपैयाँका दरले कारोबार भएको सुनको मूल्य आज बुधबारका लागि १ लाख ६६ हजार ९ सय रुपैयाँ निर्धारण भएको हो ।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा भने सुनको भाउ बढेकाले नेपाली बजार पनि प्रभावित भएको हो । आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य २८५६.३४ डलरमा कारोबार भइरहेको छ ।

बुधबार चाँदीको मूल्य ४५ रुपैयाँ बढेको छ । मंगलबार प्रतितोला १९ सय ३० रुपैयाँका दरले कारोबार भएको चाँदी आजका लागि १९ सय ७५ रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्