
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले स्वास्थ्य बिमा कार्यक्रमलाई पुनः सञ्चालन गर्ने भएको छ । गत माघ १ गतेदेखि सो कार्यक्रम बन्द गरेको अस्पतालले यही असार १५ गतेदेखि पुनः सेवा सुरु गर्न लगेको हो ।
अस्पतालका कार्यकारी निर्देशक डा. सुभाशप्रसाद आचार्यका अनुसार हाल बहिरङ्ग सेवा (ओपिडी) मा सो सेवा सञ्चालन गर्ने र केही दिनपछि अन्य सेवामा पनि विस्तार गरिनेछ । स्वास्थ्य बिमा कार्यक्रममार्फत अस्पतालले उपलब्ध गराएको उपचारको भुक्तानी नभएपछि सेवा बन्द भएको थियो । उनका अनुसार अस्पतालले बिहान ७:०० देखि ११:०० बजे र दिउँसो १३:०० बजेदेखि साढे १४:०० बजेसम्म बिमा टिकट बिरामीलाई उपलब्ध गराइने छ । केही दिन अघि मात्र बोर्डले अस्पताललाई स्वास्थ्य बिमाबाट उपचार गरेवापतको भुक्तानी उपलब्ध गराएको थियो ।
अस्पतालले २०७७ साल बाट नियमित रूपमा सञ्चालन गर्दै आएको स्वास्थ्य बिमा कार्यक्रममार्फत उपचार सेवा सञ्चालन गरेको थियो ।
नाट्टा बाँके च्याप्टरका संस्थापक अध्यक्ष श्रीराम सिग्देल, च्याप्टरका अध्यक्ष डिल्लीराज रेग्मी तथा पर्यटन व्यवसायी देवानन्द अर्याललगायत पर्यटन उद्यमीले पश्चिम नेपालका पर्यटनका सम्भावना र समस्याबारे मन्त्री पौडेललाई जानकारी गराएका थिए ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal