काठमाडौं । नेपाली बजारमा आज अधिकांश विदेशी मुद्राको विनिमयदर घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर एकको खरिददर १५१.१७ रुपैयाँ र बिक्रीदर १५१.७७ रुपैयाँ तोकेको छ । जुन हिजोको तुलनामा कम हो । हिजो डलर एकको खरिददर १५१.२८ रुपैयाँ र बिक्रीदर १५१.८८ पैसा थियो ।
यस्तै आज युरोपियन युरो एकको खरिददर १७१.४९ रुपैयाँ र बिक्रीदर १७२.१८ रुपैयाँ छ । हिजो युरोको खरिददर १७२.३९ रुपैयाँ र बिक्रीदर १७३.०७ रुपैयाँ थियो । बेलायती पाउण्ड स्ट्रलिंग आज एकको खरिददर १९८.९४ रुपैयाँ र बिक्रीदर १९९.७३ पैसा छ । हिजो पाउण्ड एकको खरिददर १९९.९४ रुपैयाँ र बिक्रीदर २००.७३ रुपैयाँ थियो ।